Skip This
Top Navigation
  • Home
  • About Us
    • Background
    • History
  • Advertisements
  • Our Teams
  • Contact Us
Main Navigation
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ
  • खेलकुद
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
  • Home
  • About Us
    • Background
    • History
  • Advertisements
  • Our Teams
  • Contact Us
सोमवार, माघ ५, २०७७ १२ : ०७ : २२
  • गृहपृष्ठ
  • समाज
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ
  • खेलकुद
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • ग्यालरी
    • फोटो ग्यालरी
    • भिडियो ग्यालरी
समाज
  • Home
  • समाज
  • स्वाब संकलन गर्न स्वास्थ्यकर्मी गाउँमा
स्वाब संकलन गर्न स्वास्थ्यकर्मी गाउँमा एक दिनमै ८ सय ४९ को स्वाब संकलन
64x64
सोमवार, बैशाख २९, २०७७ गाेल्डेन बुढा


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले यहाँका स्थानीय तहमा स्वाब संकलन गर्न स्वास्थ्यकर्मीको टोली गाउँगाउँमा परिचालन गरेको छ । एक नगरपालिका सहित ८ वटा स्थानीय तहमा दुइ जना स्वास्थ्यकर्मी परिचालन गरेको हो । प्रतिष्ठानबाट खटिएको टोलीले स्थानीय तहको पायक पर्ने स्थानमा बोलाएर स्वाब संकलन गरेको थियो । एक दिनमा ८ सय ४९ जनाको स्वाब संकलन गरेको प्रतिष्ठानमा ल्याइसकेको निर्देशक डा. मंगल रावलले जानकारी दिए । उनका अनुसार जुम्लालाइ कोरानामुक्त बनाउन स्वास्थ्यकर्मीको टोली स्वाब परिक्षण गर्न गाउँगाउँमा पठाइएको छ ।
प्रतिष्ठानबाट खटिएको टोलीले स्थानीय तह संग समन्वय गरेर स्थानीय तहका स्वास्थ्यकर्मीको समेत सहयोग लिइएको थियो । कर्णाली प्रदेश सरकारको १० जिल्लामा १० हजार स्वाब संकलन गरी कोरोना परीक्षण गर्ने उद्देश्य अनुसार जुम्लामा ८ सय ४९ जनाको स्वाब संकालन गरिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला अस्पताल निर्देशक रावलले बताए । उनले भने,‘ यहाँका हरेक वडाका १० जना ब्यक्तिको स्वाब लिइएको छ । ’ परिक्षणका क्रममा आउने नतिजाका आधारमा थप सतर्कता अपनाउने प्रतिष्ठानले जनाएको छ ।
कर्णाली प्रतिष्ठानका अनुसार पातारासी गाउँपालिका ७०, चन्दननाथ नगरपालिका ५८, तातोपानी गाउँपालिका एक सय ५०, तिला ७०, हिमा ३७, कनकासुन्दरी दुई सय, गुठीचौर ९५ र सिंजा २ सय ९ जना गरी ८ सय ४० जनाको स्वाब संकलन गरिएको छ । स्वाब संकलन पछि मंगलबार देखि नै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कोरोना पिसिआर परीक्षण गर्ने तयारी गरिएको छ ।
लकडाउन अवधिभर जुम्ला १० हजार ९ सय ७० जना नागरिक भित्रिएका छन् । १ सय ८२ जना क्वारेन्टाइनमा बसेका छन् भने ९ सय ३० जना १४ दिनपछि घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । ५ सय १६ जना होम क्वारेन्टाइनमा बसेका छन् । त्यसैगरी अहिलेसम्म जुम्लामा ४ सय १४ जनाको पिसिआर र २ सय ६१ जनको आरडीटी परीक्षण गरिएकोमा सवै जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

 


प्रकाशित मिति: सोमवार, बैशाख २९, २०७७, ०८:०६:००
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिलका काँध,आयआर्जनमा साथ बिहिवार, पुष १६, २०७७
कर्णालीमै पहिलो पटक सौर्य उर्जाबाट लिफ्ट सिचाइँ बिहिवार, पुष १६, २०७७
सडक मानवलाई न्यानो कपडा बिहिवार, पुष १६, २०७७
बयर बाख्रा मर्न थालेपछि किसान चिन्तित बिहिवार, पुष १६, २०७७
Popular news
लोकप्रिय समाचार
  • Week
  • Month
कुनै बेला गरिबको तरकारीको रुपमा हेरिने सिस्नो अहिले पाँचतारे होटेलमा समेत पाक्ने गरेको छ । यो मिठो मात्रै होइन् स्वास्थ्यका लागि उपयोगी छ । यसको पात र जराको तरकारी रुपमा मात्रै होइन सुप, चिया, जुस, औषधि आदिका रूपमा प्रयोग हुन्छ ।
जुम्लामै पहिलो पटक सिस्नो प्रशोधन उद्योग स्थापना
बयर बाख्रा मर्न थालेपछि किसान चिन्तित
सडक मानवलाई न्यानो कपडा
महिलका काँध,आयआर्जनमा साथ
कर्णालीमै पहिलो पटक सौर्य उर्जाबाट लिफ्ट सिचाइँ
राजनीति
संवैधानिक दुर्घटना राजावादीका कारण होइन, सत्तारूढ नेकपाबाटै हुने सम्भावना बढी छ । दल विभाजनसम्बन्धी अध्यादेश र राष्ट्रपतिको गलत साखले त्यो देखाइसकेको पनि छ । अहिले सञ्चारमाध्यममा सत्तावादी र राजावादीको बहस हावी छ । स्वाभाविक हो, जहाँ केही हलचल हुन्छ त्यसलाई सञ्चारमाध्यमले पछ्याउनु । यो सञ्चारमाध्यमको पेसागत धर्म नै हो । सत्तारूढ नेकपा विभाजित छ, एउटै छातामुनि यसका बैठकहरू नहुने अवस्थामा पुगेका छन् ।
के राजतन्त्र फर्किन्छ ? मार्सीन्युज
काठमाडौँ — नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पार्टी एकीकरणको अघिल्लो दिन २०७५ जेठ २ गते भएको ‘एकता महाधिवेशनसम्म सहमति र समझदारीमा अघि बढ्ने’ समझदारी शनिबार विधिवत् रूपमा तोडिएको छ ।
नेकपा विवाद बहुमत–अल्पमतमा मार्सीन्युज
धेरैले भन्छन्, ‘ओली–प्रचण्डको केमेष्ट्री मिल्छ ।’ यो एक हदसम्म साँचो पनि हो । तर, के यसले ‘प्रचण्ड बोझ’ घटाउला ? उदार कार्यशैली र समस्याको गाँठो खोल्ने जिम्मेवारीका कारण उनको बोझ घट्ने देखिन्नँ ।’
प्रचण्ड : मेसिन कि मान्छे ? मार्सीन्युज
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार
सम्पर्क ठेगाना

मार्सी मिडिया प्रा.लि

चन्दननाथनगरपालिका २ जुम्ला
अध्यक्ष तथा सम्पादक: धनबहादुर बुढा
URL: www.marsinews.com

फोन न

९८४८३३५७४७

ईमेल

marsinews12@gmail.com
मेनु
  • समाज
  • राजनीति
  • अर्थतन्त्र
  • स्वास्थ
  • खेलकुद
  • विचार
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • फोटो ग्यालरी
  • भिडियो ग्यालरी
हाम्रो बारे

सत्य, तथ्य, सन्तुलित, सान्दर्भिक र सदुपयोगी समाचार, विचार र सूचनाका लागि मार्सी न्युज डटकम प्रकाशन गरिएको हो । मार्सी न्युजले नेपालको आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक पक्षहरुको विश्लेषण, अन्वेषण र अन्तरक्रियात्मक विचार र समाचारलाई जोड दिनेछ । मौलिक सामाग्रीको उत्पादन र प्रकाशन गर्नेछ । जनताको आवाजलाइ अधिकतम प्राथमिकता दिएर सरोकारवाला निकायलाइ जवाफदेही बनाउने छ । पारदर्शी र सुशासनका पक्षमा सधैँ वकालत गरिरहने छ ।

फेसबुक पेज
मार्सी न्युज
© मार्सी न्युज-2021 All rights reserved. Powered by: RaraCMS